बिजनेस

निषेधाज्ञा खुकुलो बनाएर अर्थतन्त्र चलायमान बनाउने

Lumbinikhabar Online

लकडाउन खुलेको केही समयपछि तिब्र गतिमा बढेको कोरोना संक्रमण नियाँत्रन्को लागि गरिएको निषेधाज्ञाले व्यापार व्यवसाय प्रभाब पारेको निजी क्षेत्रको गुनासो छ ।निजि क्षेत्र संगको छलफलमा व्यवसायीले समस्याको समाधान निषेधाज्ञा नरहेको बताएका छन् ।बजेटले सम्बोधन गरेका कतिपय कार्यक्रम कार्यान्वयन नभएको र ठोस रूपमा कार्यान्वयन गर्न आफूहरूले माग गरेको छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । ‘प्रधानमन्त्रीज्यूले नीतिगत तहमा के–कसो गर्न सकिन्छ भन्नेबारे जानकारी लिनुभयो,’ उनले भनिन्, ‘साथै अर्थतन्त्र चलायमान कसरी गराउने भन्नेमा पनि चासो लिनुभयो ।’
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणसँगै व्यवसायिक क्षेत्र पनि चलायमान हुनुपर्नेमा आफूहरूले जोड दिएको उनको भनाइ छ । विद्युत् महसुलमा उद्योग व्यवसायलाई छुट दिने भनिएतपनि व्यवहारमा लागू नभएको प्रधानमन्त्रीसमक्ष राखेकि छिन् । छलफलमा हालै अर्थमन्त्रीबाट राजीनामा दिएका युवराज खतिवडा पनि उपस्थित थिए । प्रधानमन्त्री ओलीले सबै पक्ष्यको कुरा सुने पछि अर्थतन्त्रलाई हानी पुग्ने केहि काम नगरनी र समस्याको समाधान सहि ढंगले गर्ने आश्वासन दिनुभएको छ।
निषेधाज्ञा खुकुलो बनाउनि र कसरि हुन्छ व्यवसाई क्षेत्र सुरु गर्ने वातावरण बनाउने भन्ने कुरामा सबैजनाले एकमत रहेको छ।

Tags

छुटाउनु भयो कि ?