बिजनेस

कुखुराको मासुको मूल्य स्वाट्टै घट्यो

Lumbinikhabar Online

२० भदाै – बढ्दो कोरोन संक्रमणको कारणले चितवनमा बिगत तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म पुग्न नपाउदा कुखुराको मासुको मूल्य घटेको हो।

पोल्ट्रीको लागि प्रख्यात चितवनबाट अन्य जिल्लासम्म कुखुरा निर्यात गर्न नपाउदा मासुको मूल्यमा गिरावट आएको हो । केहि हप्ताअघि प्रतिकेजी रु ४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु २०० पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएपछि ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको भएर निर्यात गर्न नपाइएको हो। कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाका कारण जिल्लाका मासु पसलहरु तोकिएको समयसम्म खोल्ने र बन्द गर्ने गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?