बिजनेस

निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने व्यवसायीहरुको चेतावनी

Lumbinikhabar Online

 

 

१७ भदौ –    निषेधाज्ञाको समयमा सरकारले उद्योगी–व्यवसायीलाई कर छुट नगरेको भन्दै उद्योग व्यापार संगठन रुपन्देहीले निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने चेतावनी दिएको हो। संगठनले बुधबार एक विज्ञेप्ती निकाल्दै निषेधाज्ञा बढाईराखेको र कुनैपनि करमा छुट नदिएको भन्दै अबदेखी हुने लकडाउन र निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएको ह।निरन्तरको लकडाउनले उद्योगी व्यवसायीहरुले बैंकको ऋण, व्याज र किस्ता, घरभाडा, बिजुली, खानेपानी, टेलिफोन आदि न्यूनतम बिलहरु भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका छन्, संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

भदौ २१ गतेदेखि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको निर्देशिका पालना गरी उद्योग, व्यवसाय सञ्चालन गर्न दिनुपर्ने विषयमा नगरपालिका र जिल्ला प्रशासनसँग सहमतिको प्रयास गर्छौं र नमानेको खण्डमा उद्योग–व्यवसाय सञ्चालन गर्न सूचना जारी गर्छौं ।

Tags

छुटाउनु भयो कि ?