फिल्म र संगीत

सुशान्त सिंह राजपुतको मृत्युको प्रकारण अनुसन्धान हुदै

Lumbinikhabar Online

काठमाडौँ – गत जेठ ३२ गते मुम्बईको बान्द्रास्थित आफ्नै घरमा बलिउड अभिनेता सुशान्तसिंह राजपुत मृत अवस्थामा फेला परेका हुन् । सुरुमा प्रहरीले उनले आत्महत्या गरेको बताएका थिए भनि उनका फ्यानहरूले येति शालीन र भद्र यी अभिनेताले आत्महत्या गर्क्षन भन्नि कुरा स्विकारेनन्।घटनाको यथार्थ बाहिर आउनुपर्ने आवाजहरू उठ्न थाले।सुशान्त इण्डस्ट्रि मा ‘आउट्साइडर’ भएकै कारण अपमान, निषेध र बहिष्कार अनि नातावाद र समूहवादले गर्दा आत्महत्या गर्न बाध्य भएको कुरा आएको छ।करण जौहर, सलमान खानदेखि सञ्जयलीला भन्साली पनि समेटिएका छन्।

यो बिषयले गर्दा भारतीय मिडिया अतिरञ्जित कन्टेन्ट पस्कन मरिहत्ते गर्ने न्युज च्यानल टेलिभिजनमा सबै भन्द अगाडी हुन पाएका छन्। कोरोना महामारीका कारण दिनमै हजारौ संख्या नाघ्ने र सयौ मृत्यु संख्या बढ्ने खबर प्रसारण भन्दा पनि बढी सुशान्तको मृत्यु प्रकरणसँग जोडिएर अनेक मिथ्या र अतिरञ्जित तर्क/तथ्य पेस गरिन्छ ।त्योभन्दा पनि सुशान्त मुम्बई प्रहरी र बिहार प्रहरीको ‘जुँगाको लडाइँ’ ले पनि अनुसन्धान प्रक्रियामा ढिलाइ भएको हो।

मृत्यु प्रकरणका अनेक पाटा खुल्दै गएपछि धेरैको नजरमा परेकी पात्र हुन्, सुशान्तकी प्रेमिका रिया चक्रवर्ती । सुशान्तका आफन्तको मुख्य चित्त दुखाइ र आक्रोश पनि रियासँगै छ । उनीहरूले मृत्युको मुख्य कारण रिया अनि उनको समूह भएको बताइरहेका छन् । मुम्बई प्रहरीको छानबिनप्रति विश्वास नभएको भन्दै सुशान्तका पिता केके सिंहले रियाविरुद्ध पटना प्रहरीमा उजुरी दिए । रियाले मुद्दा मुम्बईमा सार्न माग गर्दै सर्वोच्चमा निवेदन दिइन् । त्यही निवेदनमाथि फैसला गर्दै अदालतले सीबीआईलाई जाँच गर्न आदेश दिएको हो । मुम्बई पुलिसलाई सहकार्य गर्न निर्देशन दिइएको छ । यो आदेशपछि सुशान्तका परिवार र फ्यानले राहत महसुस गरेका छन् ।सुशान्तका साथी भनिएका सन्दीप सिंहमाथि प्रश्न उठाइएको छ । सीबीआईले महेश भट्ट, रिया, सन्दीप, सुशान्तलाई पहिलोपटक मृत अवस्थामा देख्ने व्यक्ति सिद्धार्थ पिठानी, सुशान्तको आर्थिक कारोबार, बलिउडकर्मीसँगको सम्बन्धलगायत अनुसन्धान गर्दै छ ।

सुशान्तका साथी भनिएका सन्दीप सिंहमाथि प्रश्न उठाइएको छ । सीबीआईले महेश भट्ट, रिया, सन्दीप, सुशान्तलाई पहिलोपटक मृत अवस्थामा देख्ने व्यक्ति सिद्धार्थ पिठानी, सुशान्तको आर्थिक कारोबार, बलिउडकर्मीसँगको सम्बन्धलगायत अनुसन्धान गर्दै छ ।

Tags

छुटाउनु भयो कि ?