समाचार

निषेधाज्ञा लम्ब्याउन बैठक बस्दै उपत्यका प्रशासन

Lumbinikhabar Online

कोरोना संक्रमण नियन्त्रण तथा जोखिम न्यूनीकरण गर्न बुधबार मध्यरातिदेखि निषेधाज्ञाको जारी गरिएकोअवधि थप गर्ने तयारी हुदै छ । अहिलेसम्मको स्थितिबारे समीक्षालगायत निर्णय लिन उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त मंगलबार बैठक बस्ने जानकारी गराइएको हो।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र उपत्यकाभित्रका स्थानीय तहसँग पनि निषेधाज्ञाको अवधि बढाउनेबारे संयुक्त रूपमा छलफल गरिने दाहालले बताए । । फोरमद्वारा निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन सिफारिस मंगलबार प्रशासनसँगको संयुक्त बैठकमा पेस गरिनेछ जनाइएको । निषेधाज्ञाले उपत्यकामा जोखिम घटेको दाबी गरेका छन् त्यसै गरि स्थितिलाई नियन्त्रण मा ल्याउन निषेधाज्ञा अझै केही समय लम्ब्याउनुपर्छ भन्ने विभिन्न पक्षबाट तर्क र सुझाब आएको हो।
मन्दिर/पाटीपौवा र खुला स्थानमा गएर भीडभाड गर्ने प्रवृत्तिले पनि जोखिम बढाएको उनले बताइन् । ‘मर्निङवाकमा निस्किएको मान्छे मन्दिर छेउमा गएर घण्टी बजाउँछ, अर्को मान्छे आएर त्यही घण्टी बजाउँछ, दायाँबायाँ हेर्दै चुरोट पिउँछ, बाहिर सटर बन्द गरेर भित्रबाट खाजा र भट्टी पसल चल्दा रहेछन्,’ उनले भनिन्, ‘संक्रमणमा किन बल प्रयोग गर्नू भनेर हामीले लचकता अपनाएका हौं, अबको निषेधाज्ञामा प्रशासनले त्यस्तो लचकता सहँदैन, निर्मम रूपमा प्रस्तुत हुन्छ ।’ निषेधाज्ञाकै बेला कोरोना परीक्षणको दायरा नबढाए जोखिम नियन्त्रण गर्न कठिनाइ हुने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएकी छिन्।
उपत्यका बासीले आदेशको उल्लंघन गरेर जथाभावी हिड डुल गर्नी रोक लगाइएको कार्यहरु गर्ने भएपछि आदेशको उल्लंघन गर्नेले उसले कैद र जरिवानाको सामना गर्न तयार भए हुन्छ भन्ने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएकी छिन्।

Tags

छुटाउनु भयो कि ?