शिक्षा

असोजमा विश्वविद्यालयका परीक्षा हुने

Lumbinikhabar Online

कोरोना संक्रमण कम हुदै गए पछि अनलाइनसहित अन्य माध्यमबाट भए पनि परीक्षा सञ्चालन गरिने जानकारी दिइएको छ।
उपकुलपतिहरूका अनुसार असोजभित्रै वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न गृहकार्य भइरहेको छ । राष्ट्रिय युवा परिषद्ले सोमबार गरेको भर्चुअल छलफलमा उपकुलपतिहरूले पठनपाठन र परीक्षालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नसके शैक्षिक सत्र नै नाश हुने बताएका छन् ।दसैंअघि नै परीक्षा सञ्चालन गर्न सके शैक्षिक सत्रमा क्षति नपुग्ने उनीहरूको भनाइ छ । वैकल्पिक विधिलाई नै मूलधारको शिक्षा बनाउनुपर्ने उनीहरूको जोड थियो ।
भदौमा परीक्षा लिने निर्णय भएको थियो तर अवस्था जटिल भएपछि परीक्षा स्थगित गर्नुपर्ने भएको हो, अब असोजभित्र अन्य विधिबाट भए पनि परीक्षा लिने उपकुलपति धर्मकान्त बाँस्कोटाले जनाएका छन् ।’ वैकल्पिक माध्यमबाटै भएपनि पठनपाठन र परीक्षालगायत शैक्षिक गतिविधि जारि राख्ने र विद्यार्थीलाई क्याम्पस र विभागको सम्पर्कमा आउन त्रिविले सर्कुलर गरेको छ ।११ वटै विश्वविद्यालय त्यसअघि नै परीक्षा गर्ने तयारीमा एक जुट भएका छन् । ‘अप्ठ्यारोभित्रबाटै समस्याको समाधान खोज्नुपर्ने बेला छ,’ कोइरालाले भने, ‘वार्षिक र सेमेस्टर दुवै प्रणालीको परीक्षा बन्दाबन्दी कायमै रहे पनि हुन्छ ।’

Tags

छुटाउनु भयो कि ?