समाचार

काठमाडौंका सबै नगरपालिकाहरूले आफ्ना कार्यालयहरू भाद्र १५ सम्म बन्द गरे

Lumbinikhabar Online

काठमाडौं उपत्यकाका सबै नगरपालिका सरकारहरूले संयुक्त रूपमा कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न आफ्नो कार्यालयहरू १५ भद्र सम्म बन्द गर्ने निर्णय गरेका छन्।यद्यपि नगरपालिकाहरूले यस अवधिमा आवश्यक सेवाहरू भने प्रदान गर्न जारी राख्नेछ।
काठमाडौं उपत्यका नगरपालिका फोरमको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो। काठमाडौं, भक्तपुर, र ललितपुर जिल्लाका सबै नगरपालिकाहरूका यसको सदस्यका रूपमा रहेको छ।
उपत्यकामा कोभिड-१९ को संक्रमण संख्या लगातार बढेपछि यो निर्णय भएको ,फोरमका अध्यक्ष काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले बताएका छन्।
उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले आपतकालिन काम बाहेक अन्य अनावस्यक कार्यालयहरू बन्द राख्ने निर्णय गरेका छन्।

Tags

छुटाउनु भयो कि ?