राजनीति

कांग्रेस नेता गगन थापाको ६ बुँदे सुझाव पीसीआर टेष्ट प्रभावकारी बनाउन

Lumbinikhabar Online

उहाँले महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला भैरहेको छ। त्यसमाथि साँघुरो पनि रहेको छ, यसले गर्दा हामीलाई झन् समस्याग्रस्त बनाउने जानेको छ।यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न आग्रह समेत गर्नुभएको छ ।सांसद थापाले महानगरप्रमुख शाक्यलाई आइतबार साँझ भेटेर काठमाडौमा बढ्दो कोरोना संक्रमण रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा ध्यानाकर्षण गराउनुभएको हो ।
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले काठमाडौँका मेयरलाई पछिल्लो समय उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको नियन्त्रणका लागि काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना नियन्त्रण्का लागि ६ बुँदामा ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद थापाले महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई गराएका ध्यानाकर्षणका ६ बुँदाव :

१. काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस् । हामीसँगै काम गर्न चाहन्छौं । तपाईं सफल हुनुभनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् ।

२. महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न ।

३. कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्डरटोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन ।

४. अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौंका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न ।

५. खाद्यान्न पसल दिनको १(२ घण्टा मात्र खोल्न दिँदा झन् भीडभाड बढ्ने हुन्छ । त्यसैले पसल बिहान ६ देखि राति ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घरपिच्छे सामान पनि पाइन्छ र भीड पनि नहुने हुन्छ ।

६. कोरोना संक्रमणसँग जोडिएका विभिन्न सूचनाहरूलाई लिएर नगरबासी अलमलमा परेका छन् । नगरवासी अलमलमा परेका छन्। नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सोको प्रभावकारी सम्प्रेषण गर्न ।

Tags

छुटाउनु भयो कि ?