समाचार

जनकपुर-जयनगर चल्ने दुई रेल मध्ये एउटा रेल पटना आइपुगेको छ

Lumbinikhabar Online

जनकपुर देखि जयनगर गुड्ने रेल तयार भएको छ। रेल विभागका अनुसार १२००-१३०० यात्रु अट्ने क्षमताको भएको इलेक्ट्रिक रेल तयार भएको जानेको छ।यो रेल भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीद्वारा बनाइएको हो। रेल विभागले भ्याटबाहेक ८६ करोडमा दुई वटा रेल बनाउन भारतीय कम्पनीलाई जिम्मा दिएको होर दुइ ओटा रेल मध्ये एउटा रेल तैयार भएर पटना सम्म आइपुगेको छ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त रेल पटनाको सोनपुर-हाजिपुरमा आइपुगेको छ।तर, कोभिड-१९ महामारीको कारण नेपालसम्म ल्याउन केही समय लाग्ने महनिर्देशकले बताए।
यो रेल डिजेलबाट स्टार्ट हुन्छ र जेनेरेटरबाट पैदा भएको बिजुलीबाट चल्छ।। दुबैतिर इन्जिन रहेकाले रेललाई फर्काइराख्नु नपर्ने अनि रेल चलाउन निकै सजिलो रहेको महनिर्देशकले बताएका छन्।

Tags

छुटाउनु भयो कि ?