फिल्म र संगीत

जन्मदिनको अवसरमा नायिका दिपाश्री निरौलाको ‘नम्र अनुरोध’

Lumbinikhabar Online

नायिका दिपाश्री निरौला ‘महानायक ‘ विवाद काण्ड पछि आफ्नो जन्म दिनको अवसर पारेर दर्शकहरु सामु हात जोडेर माफी मागेकी छिन् र आइन्दा देखि यस्तो गलती नदोरहुनी वाचा सम्म गरेकी छिन्।निरौलाले, ‘कृपया मलाई आफ्नै दिदि बहिनि सम्झेर माफ गर्दिनु होला भनेर हात जोडेर बिन्ति गरेकी छिन्। ‘
दीपाले येसरी मेडियामा आएर हात जोडेर माफी माग्नु को कारण समस्या बाट भाग्नु भन्दा समस्याको समदान गर्नु उचित हुने बताएकी छिन्। उनले आफुले इण्ड्स्ट्रिमा गरेको संघर्सको बारेमा पनि बताएकी छिन्। उनि हास्य टेली सिरियल ‘तितो सत्य’ पछि कहिलै पछि फर्कनु नपरेको उल्लेख गरेकी छिन्। ३० वर्षा लामो कलाकारिताको दौरानमा आधी समय पीडादायी नै भएको बताएकी छिन् ।
दीपाले भनिन्–‘मिडियामा कसरी बोल्ने, शिष्ट, सरल कसरी हुने, चलाखीपूर्ण रुपमा कसरी उत्तर दिने र व्यक्तित्व विकासमा भने आफ्ना धेरै कमजोरी रहेको उनले स्विकार गरेकी छिन्। तर यो कुराले पाठ सिकाएको छ दीपाले भनिन ।उनले  यस घटनाहुनुमा ३ ओटा गल्ति भएको बताउछिन –‘पहिलो गल्ती त म अन्तरवार्तामा जानु । दोश्रो गल्ती मलाई यस्ता यस्ता प्रश्नहरु सोधिए कि, मैले आफ्नो आवेगलाई रोक्न नसक्नु । र तेश्रो गल्ती म एक कलाकार भएर अर्को सिनियर कलाकारको बारेमा टिप्पणी गर्न।’
दीपाले सफलतासँगै गाली आफूहरुको भाग्यमा जोडिएर आएको पनि उल्लेख गरेकी छिन् । यस अघि पनि उनको कुनै गित रिलिज हुदा या कुनै ट्रेलर रिलिज हुदा कतिपय जनताहरुले असकरात्मक टिप्पणि र प्रतिक्रिया दिएको बताउछिन। तर यस पटक उनको कारणले उनीसंगै उनको टिमलाई समेत प्रभाव परेको र लज्जित हुनुपरेकोमा आत्मग्लानी  महसुस भएको छ भन्दा आफ्नो सम्पुर्ण गल्ति हरुको लागि माफी मागेकी छिन्।
उनले अन्त्यमा सबैको मायाले आफू उठ्न सकेको पनि बताएकी छिन् र आफ्नो व्यक्तित्व विकासमा पनि समय खर्चिनेछु अनि राम्रो चलचित्र निर्देशन गरेर दर्शकमाझ पस्कनेछु भन्दै वाचा गरेकी छिन् ।

Tags

छुटाउनु भयो कि ?