बैंक तथा बित्तिय

३ दिनमै लिवर्टी इनर्जीको आईपीओ बिक्यो,निष्काशन बन्द गर्ने तयारी

Lumbinikhabar Online

बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गरेको लिवर्टी इनर्जीको आईपीओ शुक्रबारसम्म सबै बिक्री भएको छ । लिवर्टीले सर्वसाधारणका लागि कुल ३५ लाख ६४ हजार ९३० कित्ता सेयर निष्काशन गरेकोमा शुक्रबारसम्ममा सबै सेयरका लागि आवेदन परेको धितोपत्र निस्काशन तथा बिक्री प्रवन्धक एनआइबीएलएसले जानकारी दिएको छ ।
बिक्री प्रबन्धकका अनुसार शुक्रबार साढे २ बजेसम्ममा ३४ लाख ८४ हजार ९४० कित्ताका लागि आवेदन परेको जनाएको छ । जसका लागि १ लाख ३ हजार जनाको आवेदन परेको छ । लिवर्टीको सेयर निष्काशनसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएकोले लगानीकर्ताले सम्बन्धित बैंकमै पुगेर आवेदन दिन नपाएका जनाएको छ । सिआस्वाबाट आवेदन दिनेले पनि मेरो सेयरमा बढी लोड पर्दा सिस्टमनै ह्याङ भएर आवेदन दिन नपाएको गुनासो गर्दै आएका छन् ।
मेरो सेयर राम्रोसँग चलेमा आईतबार सम्ममा २ लाभन्दा बढी लगानीकर्ताले आवेदन दिन प्रक्षेपण गरेहेको र सोही दिनबाटै सेयर निष्काशन बन्द गरिने समेत सम्बद्ध कम्पनी जानकारी दिएको छ ।आजै सम्पूर्ण सेयरका लागि आवेदन परेकाले भदौं ७ गतेनै निष्काशन बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।

Tags

छुटाउनु भयो कि ?