टप खबर

अभिनेत्री पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीबीचको बिबाद टुङ्गेको छ

Lumbinikhabar Online

अभिनेत्री पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीबीच आगामी दिनमा आपसी सद्भाव बिगर्न नदिने सम्बन्धमा पेशागत मर्यादामा रहने सम्झौता भएको छ । एपीवान टेलिभिजनबाट साउन २२ गते प्रसारित कार्यक्रममा सुवदीले प्रयोग गरेको शब्दले मानहानी भएको भन्दै पूजाले चलचित्र सम्बन्धी संघसंस्थामा उजुरी दिएकी थिइन् ।

सुवेदीले उनको नाम नलिइकन दाह्रा आएकी हिरोइन’ भन्ने टिप्पणी गरेका थिए । विवाद टुङ्गिएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए । बुधबार एपीवान टेलिभिजनका अधिकारीको रोहवरमा पूजा र सुवेदीबीच सहमति भएको हो । विरोध हुनथालेपछि र शर्माले उजुरी दिएपछि सुवेदीले माफी मागेका थिए ।

पछिल्लो समय चलचित्रसँग सम्बन्धित सात संस्थाले सुवेदीको कार्यक्रममा सहभागी नहुन आव्हान गर्दै संयुक्त विज्ञप्ति नकालेका थिए । कलाकार र पत्रकारबीच नराम्रो होला भनेर सहमतिमा गयौं । उहाँले बारम्बार माफी माग्नुभयो । आइन्दा यस्तो गल्ती नगर्ने भनेर सहमति भएको छ ।

Tags

छुटाउनु भयो कि ?