समाचार

११७० निषेधाज्ञा उल्लङ्घन गरेर कारबाहीमा

Lumbinikhabar Online

बिहीबारबाट प्रशासनले उपत्यका भरिमा साता व्यापी निषेधाज्ञा लागू गरेको छ।प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेर विना काममा बाहिर निस्केका ११७० जना कारबाहीमा परेका छन् । पहिलो दिनमा निस्किएका ४१५ वटा दुई पांग्रे र एक सय ७९ वटा चार पांग्रे सवारीसाधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जानेको छ । सजाय स्वरुप उनीहरुलाई दुई घन्टा सडकमा होल्ड गराएर छाडिएको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले भने , ‘‘सवारीसाधनको हकमा स्क्रिनिङ गर्छौं, चित्तबुझ्दो जवाफ नआए कानुनी कारबाही पनि हुनसक्छ’ ।

Tags

छुटाउनु भयो कि ?