News in Nepali

नेपाल भर लक डाउन थप्ने तयारी तर मोडल फरक

Lumbinikhabar Online

सरकार ले लक डाउन बढाउने तयारी गर्दैछ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन  थप्ने तयारी गरेको छ। नेपालगन्जमा संक्रमितको संख्या एकै पटक मा १५ जना देखिए पछि सर कार सतर्क भएको छ र लक डाउन बढाउने तयारी मा छ। भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले बतायो।

तर यो पालि भने लक डाउनको मोडल फरक हुने छ । सरकारले मोडालिटीमा गृह कार्य गरि रहेको छ । नेपालको ७७ वटा जिल्ला लाइनै तिन वटा जोनमा छुट्टाइने छ – रेड , एल्लो र ग्रीन जसमा रेड भनेको अत्ति जोखिमुक्त संक्रमित भएको ठाउ , एल्लो मा आइसोलेशन मा भएका हरु र ग्रीन जहाँ संक्रमण छैन र आइसोलेशन मा नि छैनन् । यो अब एक दुइ दिन को थप परिछण बाट निर्धारित हुने छ । तेही हिसाबमा ठाउ हेरेर कडा र हल्का खुकुलो गरिन्छ भन्ने खबर छ ।

छुटाउनु भयो कि ?