लिम्पियाधुरासहित नेपालको नयाँ नक्शा राजपत्रमा प्रकाशित भएको छ । सबै क्षेत्रमा लागु गर्नेगरी शुक्रबार उक्त नयाँ नक्सा राजपत्रमा प्रकासन गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार नयाँ नक्शा राजपत्रमा प्रकाशन गर्न पठाए लगतै मुद्रण विभागले प्रकाशन गरेको हो । सरकारले गत जेठ ४ गते मन्त्रिपरिषदको निर्णय गरी ७ गते आधिकारिकरुपमा सार्वजनिक गरेको हो । यो नक्शामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरासहित भूभाग समेटिएको छ । अब नयाँ नक्शा छापिएको राजपत्र अब सबै मन्त्रालय, निकाय र प्रदेश सरकार र स्थानीय तहसहित राज्यका सबै कार्यालयलाई पठाइने भएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६