भक्तपुर नगरपालिकाभित्र स्थानीयमा एक हप्ताभित्र दोस्रो व्यक्ति कोरोना भाइरस संक्रमण पत्ता लागेको छ । नगरपालिकाले स्वाब संकलन गरेको तेस्रो दिनमा वडा नं. ९ बस्ने वर्ष ४२ की एक महिलामा कोराना भाइरस संक्रमण भएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले शुक्रबार पुष्टि गरेको हो । संक्रमित महिला वडा नं. ९ तुमचो दुगुरे (हाल मालपोत भएको क्षेत्रमा) बस्ने जनप्रतिनिधि (वडा सदस्य) रहेकाे खुलेको छ ।