टप खबर

पेट्रोल र डिजेलको मूल्य २ रुपैयाँले बढ्यो

Lumbinikhabar Online

माघ ६ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र केरोसिनको मूल्यमा वृद्धि गरेको छ। एनओसीका प्रवक्ता बिनीतमणि उपाध्यायले भने, सोमबार मध्यरात्रदेखि मूल्य दुई रुपैया प्रति लिटर बढाइएको छ। मूल्यवृद्धि भएपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य ११० रुपैयाँ प्रति लिटर र डिजेल र केरोसिनको मूल्य ९३ रुपैयाँ प्रति लिटर हुनेछ। उड्डयन टर्बाइन ईन्धन र एलपी ग्यासको मूल्यहरू अहिले अपरिवर्तित राखिएको छ।
मूल्य समायोजन भए पनि पेट्रोलमा प्रतिलिटर ५.३४ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घाटा छ, निगमले जनाएको छ। त्यस्तै एनओसीले एलपी ग्यासमा प्रति सिलिन्डर १३४ रुपैयाँ घाटा भएको बताएको छ।

Tags

छुटाउनु भयो कि ?