टप खबर

नागढुङ्गाबाट ड्रगसहित एक व्यक्ति पक्राऊ

Lumbinikhabar Online

माघ २ – काठमाडौंको नागढुङ्गाबाट एक जनालाई लागुपदार्थ सहित पक्राऊ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराज हो। उनी बिहीबार बिहान पक्राउ परेका थिए जसलाई चन्द्रगिरी नगरपालिका २ नागधुंगा सर्लाहीबाट काठमाडौं आइरहेको न ७ ख २७९० नम्बरको बस जाँच्दै थियो।

डीएसपी प्रमेश विष्टले भने, उनीहरुबाट डायजेपम ६४ वटा एम्पुल, फिनरगन ६७ एम्पुल, न्युरोफेनको ६४ वटा एम्पुल्स न्युरोफेन र ४० वटा ट्याब्लेट नइट्राजेपम बरामद गरिएको छ। पक्राउ परेका दुईजनालाई लागू पदार्थको नियन्त्रण ऐन २०३३ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?