टप खबर

विद्यालयहरू, थिएटरहरू, व्यायामशालाहरू पुनः खोल्ने निर्णय

Lumbinikhabar Online

पुष २० – कोभिड १९ को रोकथाम र नियन्त्रणको लागि गठित उच्चस्तरीय कोविद १९ बाइिसस म्यानेजमेन्ट समितिले कोरोनाभाइरस महामारीको कारण गत मार्चदेखि बन्द रहेका विद्यालयहरू फेरि खोल्ने निर्णय गरेको छ। आइतबार बसेको समितिको बैठकले सुरक्षा प्रोटोकल अपनाउने विद्यालय, चलचित्र थिएटर, व्यायामशाला इत्यादि पुनः खोल्ने निर्णय गर्यो। यस समितिले स्कूल, चलचित्र हललाई बन्द गर्ने अधिकार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई दिएको छ।

बैठकको निर्णयको घोषणा गर्दै प्रधानमन्त्री कार्यालयका सचिव तथा मन्त्रीपरिषद्का सचिव महेन्द्र प्रसाद गुरागाईंले समितिले वर्तमान अवस्थाको विश्लेषण गरी विद्यालय र अन्य व्यवसायहरू खोल्न मन्त्रिपरिषद्लाई प्रस्ताव पठाउने निर्णय पनि गरेको छ। । यसैगरी बैठकले मन्त्रिपरिषद्लाई सिफारिस पनि गरेको छ कि बेलायत सहित २२ देशबाट नेपाल आउने सबै यात्रुहरू १० दिनसम्म क्वारेन्टाइनमा रहनु पर्छ।

Tags

छुटाउनु भयो कि ?