टप खबर

नेकपाका निवर्तमान सांसदहरु अदालत जाने

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटनको सिफारिश लगेको एक घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि २७५ प्रतिनिधिसभा सांसद भूतपूर्व भएका छन् । जसमध्ये १७४ सत्तापक्ष र १०१ विपक्षका छन् । सभामुख पद भने कायमै रहनेछ ।

नेकपाका १७४ जनामध्ये ९२ जना प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा छन् । उनीहरुमध्ये ९० जनाले आइतबार विहानै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । दुईजना मन्त्रीबाट राजीनामा दिई ओलीविरुद्ध उभिइसकेका छन् ।

प्रधानमन्त्री ओलीले संसद बिघटन गरेपछि नेकपाका निवर्तमान सांसदहरु अदालत जाने भएका छन् । उनीहरुले आजै सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका हुन् । सबैले हस्ताक्षरसहित सामूहित रिट दायर गर्न लागेका हुन् ।

यसैगरी, प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि रिट दायर गर्दैछन् ।

Tags

छुटाउनु भयो कि ?