राजनीति

सर्वोच्च बार अध्यक्षमा पूर्णमान शाक्य, उपाध्यक्षमा पौडेल

Lumbinikhabar Online

सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचनमा अध्यक्षसहित बहुमत पदमा डेमोक्र्याटिक लयर्स एसोसिएसनको प्यानलले जित हात पारेकाे छ। नेपाली कांग्रेस निकट एसोसिएसनका तर्फबाट अध्यक्षका उमेदवार वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जित हासिल गरेका छन्।

लोकतान्त्रिकका तर्फबाट अध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, महिला सदस्य सहित १० जना उमेदवार विजयी भएका हुन्। प्रगतिशील समूहका तर्फबाट उपाध्यक्ष र ४ जना सदस्य विजयी भएका छन्।

उपाध्यक्ष पदमा नेपाल लयर्स एसोसिएसनका मुकुन्दप्रसाद पौडेल विजयी भएका छन्।

Tags

छुटाउनु भयो कि ?