नेकपाको सचिवालय बैठक आज शनिबार साँझ ४ बजे बस्ने भएको छ । यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कोरोना संक्रमण सकिएपछि प्रधानमन्त्री र नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव गरेपछि बैठक तेती मै टुंगिएको थियो । प्रधानमन्त्री ओलीले भने कोरोना संक्रमण फैलिइरहेको जस्तो अप्ठ्यारोमा सरकारलाई पार्टी भित्रैबाट असहयोग भएको आरोप लगाएका छन् । उनले आफू प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा नदिने बरु जस्तो परिस्थिति आएमा पनि सामना गर्ने बताएका छन् ।सरकारले अध्यादेश जारी गरेसँगै विवादमा परेको नेकपामा प्रधानमन्त्री ओलीको विकल्प खोजी भइरहेको छ । स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपाल पक्षको माग छ । सरकार एकलौटी चलाएको र अलोकप्रिय हुँदै गएको उनीहरूको आरोप छ । प्रधानमन्त्री पक्षधर सांसदहरूले हस्ताक्षर अभियान चलाएका छन् भने दाहाल-नेपाल पक्षधरले आन्तरिक छलफललाई तीव्र पारेका छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६