बिबिध

कीर्तिपुरमा टिपरले मोटरसाइकललाइ ठक्कर दिदा चालकको मृत्यु

Lumbinikhabar Online

मङ्सिर ३० – कृतिपुर नगरपालिका ६ मा टिपरले मोटरसाइकललाइ ठक्कर दिदा मोतोर्सैकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परी खोटाङ्ग निवासी २४ वर्षीय सरोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ। बल्खु आउँदै गरेको स १० प ४९१३ नम्बरको मोटरसाइकल हिजो साँझ ९ बजे चोभरमा विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ४५६५ नम्बरको ट्र्याक्टरसँग ठोक्किँदा दुर्घटना भएको हो। टिपर चालकलाई नियन्त्रणमा लिएपछि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?