टप खबर

कांग्रेस सभापति देउवाले आपतकालीन सीसी बैठक बोलाए

Lumbinikhabar Online

मंसिर २७ – मुख्य विपक्षी नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले आपतकालीन केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ। संवैधानिक निकायमा भएको नियुक्तिसम्बन्धी शुक्रबार साँझ बैठक गरेर घर फर्केका देउवाले शनिबार बिहान आपतकालिन बैठक बोलाएका छन्। बैठक आज बिहान १० बजे केन्द्रीय पार्टी मुख्यालयमा भइरहेको छ। देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले मुख्य विपक्षी दलका नेता देउबलाई संवैधानिक निकायमा नियुक्ति सम्बन्धी मुद्दाहरूको समाधानका लागि आग्रह गरेका छन किनकि उनले आफ्नै पार्टी भित्रबाट सहयोग नपाएको भन्दै “प्रधानमन्त्री ओलीले नेपाली का कांग्रेसका अध्यक्ष देउवालाई संवैधानिक निकायमा भएको नियुक्तिमा सहयोग पुर्‍याउन आग्रह गरे। उनले भने कि पार्टीभित्रको झगडाका कारण उनले आफ्नै पार्टीबाट सहयोग नपाएको हो” देउवाको सचिवालयले भने। देउवा ओलीसँगको भेटबाट आफ्नो पार्टीसँगको बैठकपछि निर्णय लिने प्रतिबद्धता व्यक्त गर्दै बाहिर आए। प्रधानमन्त्री ओलीले भोलि बिहान ९ बजे संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ।

Tags

छुटाउनु भयो कि ?