बिबिध

नयाँ बानेश्वरमा मोटरसाइकल ठक्करबाट एक वृद्धको मृत्यु

Lumbinikhabar Online

मंसिर २२ – काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृतकको परिचय आलोकनगरका ७० बर्षे पैदल यात्री लोकनाथ धिताल हुन्। धितललाई बा ६१ प ८४१० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। उनी आइतबार दिउँसो १० बजे सडक पार गर्दै थिए। गम्भीर घाइते धितालले सिभिल अस्पतालमा उपचारका क्रममा अन्तिम सास लिए। पुलिसले मोटरसाइकिल चालकलाई नियन्त्रणमा लिए पछि मुद्दाको अनुसन्धान गरिरहेको छ।

Tags

छुटाउनु भयो कि ?