बिबिध

समाजसेवी सुवास न्यौपानेको अर्को पूण्यकार्य, जसले सदालाई संसार देख्ने बनाए

Lumbinikhabar Online

नेपालमा कोभिड–१९ को बढदो संक्रमण र मृत्युको खबरले लगभग सात महिना नेपाली जनजीवन नराम्ररी प्रभावित बन्यो । आर्थिक–सामाजिक सम्बन्धहरू तहसनहस भए । एकै घरका दुई भन्दा बढिको कोरोना संक्रमणकै कारण मृत्यु भएको खबर पनि सार्बजनिक भए । जसले मानिसहरुमा त्रासदी निम्त्यायो । घरघरका संकट त कति हो कति, लेखा जोखा गरेर साध्य नै छैन । आमनागरिकलाई महामारीबाट जोगाउन र अहिलेका संकट पार लगाउन सरकार करिब–करिब असफलजस्तै देखियो । तर यस्तोमा पनि समाजका केहि ब्यक्तिले भने कोरोनाको महामारी नभनि आफ्नै पेशा तथा कर्ममा तल्लिन रहे । मानव सेवामा समर्पित हुँदै दु:खको घडीमा मलम लगाउन कम्मर कसेर लाग्नेहरुको जमात पनि भेटिए ।यिनै मध्ये एक पात्र हुन काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध नगरपालिका ६ का सुवास न्यौपाने । न्यौपानेले चौतर्फी नकारात्मक खबरका बीच गरिब तथा असायहरुको सेवा गर्दै उनले समाजमा सकारात्मक सन्देश प्रवाह गरेका छन् । बिगत ४ बर्षदेखि आखामा मासु पलाएर केहि देख्न नसक्ने सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ३ की नेहा सदाको आखाँको ज्योति फिर्ता गराउन सफल उनलाई नेहा तथा उनका परिवारले भगवान जस्तै मानेका छन् । सिराहाको एक दलित परिवारमा जन्मेकि नेहाको आर्थिक अवस्था कमजोर रहेकाले भबिस्यमा आखाँ देख्छिन भन्ने आशा उनलाई चिनेजानेका सबैले मारिसकका थिए । आर्थिक अभावका कारण नेहाको आँखाको सामान्य चोटको उपचारसमेत गराउन नसकेकाले उनको आँखामा मासु पलाउदै गएर अबस्था गम्भिर बन्दै गएको उनको बाबुको भनाई छ । “लडेर आखाँमा सामान्य चोट लागेको थियो तर उपचारको लागी पैसा भएन अस्पताल लान सकिएन बिस्तारै आखामा मासुको डल्लो पलाउदै गयो बाहिरनै निस्कियो, पैसा जुटाउन नसकेकोले उपचार गर्न सकिएको थिएन । छोरीले उपचार पाएर पुनरजिबन पाउछे भन्ने आशानै हराएको थियो । गरिब दुखिको भगवान हुन्छ भन्थे हो रहेछ क्यारे ,सुवासबाबु भगवाननै बनेर आउनुभयो हाम्रो लागी ‘ उनी भन्छन् । सिराहाका दलित अधिकारकर्मी संयज महरा र दलित युवा अभियन्ता सुनिल सदाको समाजिक संजाल फेसबुकबाट नेहाको बारेमा जानकारी पाएपश्चात सम्पर्कगरि तिलगंगाका बरिष्ठ आखा रोग बिषेशज्ञ डा.बेन लिम्बुसंग सहकार्यगरि समाजसेवी न्यौपानेले नेहाको निशुल्क उपचार गराएका हुन ।

Tags

छुटाउनु भयो कि ?