बिबिध

दुर्घटनामा परि पत्नीको मृत्यु, पति र छोरी घाइते

Lumbinikhabar Online

मंसिर ७ – जिल्लाको कृष्णपुर नगरपालिकामा हिजो राति भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भयो। कृष्णपुर-३ बानीखाताभुली मार्गमा दर्ता नम्बर (म १ प ६७६६) नम्बरको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। उपचारका क्रममा स्थानीय निवासी रामेश्वरी जोशीको मृत्यु भयो भने मोटरसाइकलमा सवार उनका पति डम्बर देव जोशी घाइते भए। उनको १५ वर्षीया छोरी ममता जोशी पनि दुर्घटनामा परी घाइते भएकि थिइन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर अमरबहादुर थापाका अनुसार ममतालाई उपचारका लागि काठमाडौँ लगिएको छ भने बाँकी डम्बर देवको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने शुक्लाफंता नगरपालिका १२ का चालक लकी राणालाई आवश्यक कारवाहीको लागि हिरासतमा राखिएको छ।

 

Tags

छुटाउनु भयो कि ?