बिबिध

कलंकीमा बिहीबार बिहान ट्रकको दुर्घटनामा तीनको मृत्यु

Lumbinikhabar Online

कार्तिक २७ – बिहीबार बिहान काठमाडौं उपत्यकाको कलन्की मकलु पेट्रोल पम्प नजिकै राखिएको ट्रकमा ठक्कर खाँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी नुवाकोटका २४ वर्षीय रोशन तामांग र ३७ वर्षीय माधव घिमिरेको मृत्यु भएको छ भने अर्कोको पहिचान हुन सकेको छैन। महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपीलराज बोहराले बताएका छन्। बोहराका अनुसार बा ५ ख ८८६५ नम्बरको चलिरहेको ट्रकमा बा ३ ख ७५३० नम्बरको ट्रकमा ठक्कर खाए। दुर्घटनामा गम्भीर घाइते भएका विजय तामांगको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएका छन्।

Tags

छुटाउनु भयो कि ?