राजनीति

भारतीय विदेशसचिव नेपाल आउँदै

Lumbinikhabar Online

कार्तिक २५ – भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् । विदेशसचिव श्रृंगला आगामी नोभेम्बर २६ र २७ तारिकमा नेपाल भ्रमणमा आउने भएका हुन् । स्थल सेनाध्यक्ष नरवणे नेपाल आउनु केही दिनअघि मात्रै भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल आएका थिए ।

विदेश सचिव श्रृंगलाको भ्रमण भारतीय उच्च अधिकारीहरुले पछिल्लो महिना लगातार गरेको तेश्रो ठूलो भ्रमण हुनेछ । नेपाल र भारतबीच लामो समयदेखि रोकिएको परराष्ट्रसचिवस्तरीय वार्ताका लागि विदेशसचिव श्रृंगला नेपाल भ्रमणमा आउन लाग्नुभएको बताइएको छ । हिन्दुस्तान  टाइम्स काअनुसार गत महिनानै उनले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्माओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी भरतराज पौडेल लगायतसँग भेटवार्तासहितको बैठक गर्ने योजना तय भैसकेको छ ।

Tags

छुटाउनु भयो कि ?