बिबिध

सरकारी खाद्य कम्पनीको सहुलियतको चिनी आएन,तिहार र छठमै अभाव हुने

Lumbinikhabar Online

सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न जिम्मेवारी दिए पनि खाद्य व्यापार कम्पनीले समयमै चिनी ल्याउन नसकेको हो ।त्यसबेला सरकारले ५० प्रतिशत भन्सार महसुल छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न स्वीकृति दिएको थियो  । सरकारले दिएको सो स्वीकृतिअनुसार साल्ट ट्रेडिङले सहुलियत चिनी ल्याइरहेको छ । तर, खाद्य व्यापार कम्पनीले चिनी आयात गर्ने कम्पनीसमेत टुंगो लगाउन सकेको छैन ।

खाद्य व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले खाद्यले चिनी आयात गर्नकै लागि गरिएको टेन्डरमा कुनै कम्पनी इच्छुक नभएकाले चिनी ल्याउन समस्या भएको बताए । उनले पहिलो पटक टेन्डर गर्दा १० हजार टन चिनी आयात गर्न कुनै पनि कम्पनी इच्छुक नहुँदा सहुलियत चिनी ल्याउन नसकेको बताए । उनले चिनी आयातका लागि फेरि दोस्रो पटक टेन्डर आह्वान गर्ने तयारी भइरहेको बताए ।

महाप्रबन्धक खनालले अहिले टेन्डर आह्वान गरेर परिहाले पनि खाद्य कम्पनीको सहुलियत चिनी आउन करिब तीन महिना लाग्ने बताए । उनले सरकारी प्रक्रिया पूरा गर्दा सो समय लाग्ने जिकिर गरे ।

Tags

छुटाउनु भयो कि ?