बिबिध

लक्ष्मी पूजाको प्रसाद खाँदा एउटै गाउँको ४० जना बिरामी

Lumbinikhabar Online

मोरङको रंगेलीमा नगरपालिका ७ का पिन्टु दत्तको घरमा शनिबार लगाएको लक्ष्मी पूजाको प्रसाद खाँदा एउटै गाउँको ४० जना बिरामी भएका छन् । बिरामी भएकाहरूको रंगेली अस्पतालमा उपचार भइरहेको जनाएको छ । प्रसाद खानेहरुलाई  २४ घन्टा  नबित्दै झाडापखाला सुरु भएको हो । प्रसाद खाएकालाई ‘फुड पोइजन’ भएको जनाइएको छ। ४० जना भन्दा बढी बिरामी  अस्पताल भर्ना भएका छन् र अन्य बिरामीका उपचारको लागि अस्पतालमा बेड अभाव भएपछि घरमै सलाइन पानी दिएर उपचार हुँदै छ।

Tags

छुटाउनु भयो कि ?