राजनीति

राप्रपा अध्यक्ष कमल थापा १० दिनको उपचारपछि डिस्चार्ज

Lumbinikhabar Online

कोरोना भाइरस (कोभिड १९) संक्रमणपछि अस्पताल भर्ना भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपचार पछि घर फर्किएका छन् ।

उनी स्वास्थ्यमा समस्या आएपछि असोज ३० गते चावहिलको ओम अस्पतालमा भर्ना भएका थिए । उनी १० दिनको उपचारपछि घर फर्किएको राप्रपाको केन्द्रीय सचिवालयका सदस्य राजाराम बर्तौलाले सामाजिक सञ्जालबाट जानकारी दिए ।

उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रस्वासमा समस्या हुने लक्षण देखिएको थियो । थापाको उपचार अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइराला, सिनियर कन्सल्ट्यान्ट पन्मनोलोजिस्ट डा सुबोध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा प्रमेशसुन्दर श्रेष्ठ, डा बिपिन कार्कीलगायतको टिमले गरेको थियो ।

१० दिनको उपचारबाट घर फर्किए पछि उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता लिई स्नेह,सद्भाव र शुभकामना दिने सबैमा सादर कृतज्ञता व्यक्त गरेका छन् । उनले ओम हस्पिटल परिवार र सम्पूर्ण स्वास्थकर्मीहरुमा पनि आभार प्रकट गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?