नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले विश्वव्यापी महामारी रुपमा देखिएको कोरोनाको प्रभाव न्यूनीकरणमा सहयोगी बन्न सक्ने रोबोट ‘यान्त्रिक’ सार्वजनिक गरेको छ ।
प्रतिष्ठानद्वारा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कणेंलले यान्त्रिकको सार्वजनिक गर्नुभएको हो ।
नाष्टमा कार्यरत इन्जिनियर रोशन पाण्डेको नेतृत्वमा ‘इनोभेषन ग्रुप’ ले निर्माण गरेको सो रोबोटले नेपाली र अँगे्रजी दुई भाषामा कुराकानी गर्दछ, कोरोना महामारीबाट बच्न सूचना दिने, मास्क र स्यानिटाइजर समेत दिन्छ ।
हालसम्म बनेका रोबोटले विरामीलाई औषधि र खाना पु¥याउने गर्दछ भने नाष्टले बनाएको यान्त्रिकले हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको, नलगाएको छुट्टाउने र मास्क नलगाएकोलाई माक्स दिने, सेनिटाईजर दिने, नास्टको बारेमा बोलेर तथा श्रब्यदृश्य मार्फत सूचनाहरु दिन सक्ने क्षमता रहेको इन्जिनियर रोशन पाण्डेले बताउनुभयो । साथै, आर्टिफियल इन्टेलिजेन्स र मेसिन लर्निङमार्फत दोहोरो कुराकानी समेत गर्न सक्छ ।
सो रोबोट महिला सेविकाको स्वरुपमा तयार भएको यान्त्रिकले मानिसको शरीरको तापक्रम पनि नाप्नेछ ।
सो रोबोटमा २५ वटा विभिन्न प्रकारका मोटर छन्, जस्ले रोबोटलाई राम्रोसँग चलायमान तथा हिँड्डुल गर्न मद्दत गर्छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६