बिबिध

शक्तिपीठ खोल्न विश्व हिन्दू महासंघको माग

Lumbinikhabar Online

अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना दिएका छन्।

हिन्दुहरुको महान चाड बडादशैँ शनिबारदेखि सुरु भएको छ। सबैले घटस्थापनामा जमरा राखेर दशैँको सुरुवात गरेका छन्। दशैँलाई असत्यमाथि सत्यको जितको रुपमा लिइन्छ।

यसबीचमा राष्ट्रपतिका लागि चुनावमा उठेका डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा ओबामा प्रशासनका पूर्व उपराष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै अमेरिका र विश्वभरका हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना दिएका हुन्। उनले ट्वीटमा भनेका छन्,‘हिन्दुपर्व नवरात्री सुरु भएसँगै म र जिल अमेरिका र विश्वभर बसेर यस चाड मनाउनेलाई शुभकामना दिन चाहन्छौं। फेरि एकपटक दुष्टमाथि सत्यको जित होस् र नयाँ सुरुवात सबैको लागि अवसर होस्।’

Tags

छुटाउनु भयो कि ?