बिबिध

काठमाडौँको नयाँ बजारमा ग्यास सिलिन्डर बिस्फोट

Lumbinikhabar Online

असोज २९  –   काठमाडौँको नयाँ बजारमा ग्यास सिलिन्डर बिस्फोट हुँदा ६ जना घाइते भएका छन् । नयाँ बजारको फलफुल चोकस्थित घरमा ग्यास सिलिण्डर बिस्फोट भएको हो । बिहान ११ बजेर ५० मिनेट जाँदा किरिया पुत्री बसेको ठाउँमा सिलिन्डर बिस्फोट भएको हो । घाइते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दीपक खड्काले जानकारी दिए । घाइतेहरुको त्रिवि शिक्षण अपस्पला, मनमोहन अस्पताल र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?