सरकारले बिमा गरेका व्यक्तिको कोरोना परीक्षण शुल्क बिमा रकमबाट काटिने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशाला परीक्षण निर्देशकाको पाँचौँ संशोधन जारी गर्दै कुनै पनि बिमा कम्पनीबाट कोरोना बिमा गरेकाको परीक्षण र उपचार खर्च स्वयम्को बिमा रकमबाट कट्टा गर्ने निर्णय भएको जनाएको हो । प्रवक्ता डा जागेश्वर गौतमले कोभिड १९ को असोज १९ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको बुधबार जानकारी दिए । उनले भने, ‘कोभिड परीक्षणको लक्षित समूहको व्यक्ति कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेका छन् भने परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोरिने छ । ’
मन्त्रालयका अनुसार आर्थिक रुपले विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अंपागता भएका नागरिक, ज्येष्ठ नागरिक, अंगप्रक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचरीहरुमा लक्षण वा चिह्न देखिएमा परीक्षण गरिनेछ ।