बिबिध

२१ उद्योग बिरुद्ध मुद्दा

Lumbinikhabar Online

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २१ वटा उद्योग विरुद्ध मुद्दा चलाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सहप्रवक्ता सन्तोष दाहालले खाद्य ऐन विपरीत रहेको दुई उद्योगको उत्पादन रोक्का गरिएको र अन्य २१ उद्योग विरुद्ध मुद्दा चलाइएको जानकारी दिए।

उनले विभाग र मातहतका कार्यालयबाट ३९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन गरिएको बताए।

उनका अनुसार खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छता सम्बन्धि १५५ गरी ४३३ नमूना सङ्कलन र तिनको परीक्षणका क्रममा १४ वटा नमूना प्रतिकुल देखिएकाले कारावही गरिएको हो। उनले बाँकी अनुसन्धान कै क्रममा रहेको बताए। विभागअन्तर्गत मुलुकमा २४ डिभिजन कार्यालय र १२ स्थानमा खाद्य आयात/निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय रहेको उनले जानकारी दिए।

यस्तै यसअघि कार्यालयले भदौ २८ देखि नै तीन वटा अनुगमन टोली परिचालन गर्दै आएको उनले बताए। उनले यसअघि कोरोना भाइरसका कारणले खानेपानी, दुध तथा दानाको अनुगमन गरिएको बताए। यसैगरी उनले चाडपर्वलाई मध्यनजर गर्दै अनुगमनका लागि विभागले टोली तयार गरेर परिचालन गरेको बताए। विभागले मातहतका कार्यालयलाई समेत अनुगमनलाई तीब्र बनाउन दिर्नेशन दिइएको छ । विभागका अनुसार यसअघि पानी उद्योगमा ५४ पटक अनुगमन भएको र २५ नमूना सङ्कलन भएको थियो । ्

७ दुग्ध उद्योगमा अनुगमन भएकोमा छ वटाको नमूना सङ्कलन भएको छ । खाद्य व्यवसायको ३१ ठाउँमा अनुगमन भएकोमा ३४ नमूना सङ्कलन गरिएको र एउटा प्रतिकुल देखिएकाले कारवाही प्रक्रिया शुरु गरिएको उनले बताए।

विभागले चाडपर्वका अवसरमा अनुगमन कार्यलाई तिब्र बनाएको छ। यसका लागि विभागले एक टोली तयार गरी अनुगमन तथा परीक्षण कार्यलाई तिब्र तथा थप व्यवस्थित गरिएको विभागले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?