बिबिध

गर्भवती महिलाहरूको अल्ट्रासाउण्ड तथा औषधि उपचार गर्ने नक्कली डाक्टर पक्राउ

Lumbinikhabar Online

गर्भवती महिलाहरूको अल्ट्रासाउण्ड तथा औषधि उपचार गर्दै आएका एक जना नक्कली डाक्टर वीरगन्ज बाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको बिन्दवासिनी गाउँपालिका ३ बस्ने ४० बर्षका नारद साह तेली रहेका छन्। तेलिले वीरगन्ज २ छपकैया स्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा डाक्टर शिवसंकर डाक्टर एस एस यादवको नाममा आफैंले विरामीहरुको चेकजाँच गरि औषधी उपचार तथा गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड समेत गर्दै आएको प्रहरीले जनाएको छ। विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलिले उनलाई क्लिनिक बाट नै पक्राउ गरेको हो। पक्राउ परेका तेलि विरुद्ध मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० को ईलाज सम्बन्धि कसुर शिर्षकमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?