बिबिध

गाई काटेको अभियोगमा तीन जना पक्राउ

Lumbinikhabar Online

बाँकेमा गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन्। खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपु बस्ने ४५ वर्षीय चुन्नी खाँ लगायत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । उनीहरुले गाई काटिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई ७ किलो मासु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?