बिबिध

बंगालको खाडीमा चक्रवात बन्दै, नेपालमा पनि ठूलो वर्षाको सम्भावना

Lumbinikhabar Online

बंगालको खाडीमा चक्रवात विकसित हुँदै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने मौसमविद्ले जनाएका छन् । उक्त चक्रवात उत्तरतर्फ सरेमा नेपालमा ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उक्त चक्रवात उत्तरतर्फ सरेको खण्डमा प्रदेश १ देखि प्रदेश ४ सम्म ठूलो वर्षाको सम्भावना रहेको उनले बताए । तर, यसको अवस्था के हुन्छ भन्ने शनिबारसम्म थाहा हुने उनले बताए ।

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावलै नै अझै  मनसुन निस्क्रिय भइनसकेको महाशाखाले जनाएको छ । उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर भए पनि नेपालको पूर्वी भागमा पर्दा आज पनि देश १ का केही स्थानमा हल्का वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ बाहेकका क्षेत्रमा आजको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?