टप खबर

प्रसूति गृहमा एक महिलाले एकै पटक ५ जना शिशुलाई जन्म दिइन

Lumbinikhabar Online

असोज १९ – एक महिलाले थापाथलीस्थित प्रसूति गृहमा एकै पटक ५ जना शिशुलाई जन्म दिएकी छन् । नुवाकोटकी २८ वर्षीया सोनिका तामाङले थापाथलीस्थित प्रसुती गृहमा सोमबार विहान शल्यक्रियामार्फत एकै पटक ५ शिशु जन्माएकी छिन् । जन्मिएका ५ शिशुमध्ये एक जना मृत रहेको जनाइएको छ । गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि उनको आकिस्मक शल्यक्रिया गर्नु परेको शल्यक्रियामा संलग्न चिकित्सकले बताए । चिकित्सकहरुका अनुसार अपरेशन गरेपछि मात्रै ५ जना शिशु रहेको थाहा पाइएको बताए । अन्य ४ जना शिशहरु भने जीवित छन् । ति महिला एक महिनादेखि अस्पतालमा भर्ना भएकी थिइन् । जन्मिएका ४ जना छोरी हुन् भने मृत भने छोरा रहेको जनाइएको छ । उनको तौल सामान्य भन्दा कम छ । १.८, १.९, १.६ र ८०० ग्रामका छन् । अस्पतालका अनुसार ३ जना शिशुलाई अब्जर्भेसनमा राखिएको छ भने तौल निकै कम भएकालाई आईसीयूमा राखिएको छ । एकै पटक ५ शिशु जन्माएकोले रक्तश्रावको जोखिम रहेको भन्दै सुत्केरी महिलालाई केही समय चिकित्सककै निगरानीमा राखिने बताइएको छ । महिलाका श्रीमान हरिकुमार तामाङ एकै पटक ४ सन्तान प्राप्त हुँदा हर्ष र चिन्ता दुवै भएको बताउँछन्

Tags

छुटाउनु भयो कि ?