बिबिध

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, २ जना घाइते

Lumbinikhabar Online

असोज १७ – आइतबार राति गुल्मीदरबार गाउँपालिका-१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु४त २८३३ नम्बरको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुने व्यक्तिको नाम धनबहादुर माझी हो। उनि गुल्मीदरबार-१ निवासी हुन्। ट्याक्टर चालक रेशम ताम्राकार र सवारी लालबहादुर बुढामगर भने घाइते भएका हुन्। घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको हो।

Tags

छुटाउनु भयो कि ?