बिबिध

विराटनगर अस्पतालमा आईसीयूमा भर्ना भएको बिरामीले असपताल्कै दुइतला माथिबाट हाम्फाले

Lumbinikhabar Online

असोज १९ – विराटनगरको विराटनर्सिङ होमबाट दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङका ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको छ। विराटनगर अस्पतालमा गजमेर आईसीयूमा उपचारका लागि भर्ति भएका थिए। फोक्सोमा गम्भीर समस्या देखा परेपछि डाक्टरको सल्लामा गजमेर १७ असोजमा अस्पताल भर्ना भएका थिए। गजमेरले गर्मि भएको हानेर बहाना बनाएर आईसीयूबाट बाहिर निस्किएर अस्पतालको दुई तलामाथिबाट हामफालेका हुन्। त्यसपछि घाइते भएका गजमेरलाई उद्धार गर्दै उपचारका लागि आईसीयूमा भर्ना गरियो र गजमेरको उपचारका क्रममा ९ बजेतिर मृत्यु भएको हो । उनको मृत्यु असामान्य देखिए पछि प्रहरीले घटना बारे अनुसन्धान सुरु गरेका छन्।

Tags

छुटाउनु भयो कि ?