बिबिध

पूर्व डिएसपीलाई साइबर अपराधमा ५० हजार जरिवाना र २५ हजार क्षतिपूर्ति

Lumbinikhabar Online

नेपाल प्रहरीबाट अवकाशप्राप्त पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्कालाई साइबर अपराधमा ५० हजार जरिवना र २५ हजार क्षतिपूर्तिको फैसला भएको छ । काठमाडौ जिल्ला अदालतले खड्काले चलाउँदै आएको फेसबुक आईडीबाट आफ्नै बुहारीलाई अश्लिल गालीगलौज गरेको म्यासेज पठाएको आरोप प्रमाणित गर्दै सो जरिवना र क्षतिपूर्तिको फैसला गरेको हो ।

अदालतले अनुसन्धानको क्रममा १५ दिन हिरासतमा रहेको दिनलाई कैद आधार मानेर ५० हजार जरिवाना र २५ हजार क्षतिपूर्तिको सुनाएको हो । जाहेरवाला पीडितलाई मानसिक यातना दिएको भन्दै अदालतले क्षतिपूर्ति भराउने फसाला समेत गरेको छ ।

खड्काकी भाईबुहारी समुना खड्काले दिएको साईबर अपराध विरुद्धको जाहेरीका आधारमा उनलाई प्रहरीले दुई वर्ष अघि नियन्त्रणमा लिएर अदालतमा मुद्धा बुझाएको थियो । काठमाडौ जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भएका उनलाई हालै सो जरिवाना सुनाएको थियो ।

‘मुद्धाका प्रतिवादी कृष्णकुमार क्षेत्रीले विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ (१) विपरित कसुर गरेको कसुर ठहर भएको अवस्था छ । सोही ऐनको दफा ४७ (१) बमोजिम रु ५०,००० (पचास हजार) जरिवाना हुने ठहर्छ’, फैसलामा भनिएको छ ।

त्यसैगरी सुमना खड्कालाई खड्काले आफ्नै मोवाइलबाट फेसबुक म्यासेन्जरमा अश्लिल म्यासेज पठाएकाले मोबाइल पनि जफ्त गर्ने फैसला गरेको छ ।

नेपालगञ्ज स्थायी घर भएका पूर्व डिएसपी खड्का र उनको भाई–बुहारीको बीचमा विगत देखि अंश मुद्धा चलिरहेको छ । बुहारी समुना खड्काले आफ्नै जेठाजु कृष्ण कुमार खड्काबाट आपत्तिजनक शब्द प्रयोग गरेको स्क्रीन सर्ट सहित उजुरी दिएपछि उनी विरुद्ध अदालतमा मुद्धा चलेको थियो ।समुना पूर्व डिएसपी कृष्णराज खड्काका आफ्नै भाई दीलिपकुमार खड्काकी श्रीमती हुन ।

बैबाहिक जीवनको २५ बर्षपछि नेपालगन्जबाट बुहारी समुनालाई बोक्सीको आरोप लगाएर घरबाट कुटपीट गरी निकालेपछि हाल बानेश्वरमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी छिन्।

२४ बर्षीय छोरी र २८ वर्षीय छोराका साथमा रहेकी उनलाई जेठाजु खड्काले समाजिक सञ्जालमा धेरैपटक अपशब्द प्रयोग गरेको र सहनै नसक्ने र पढ्दापनि लाजहुने शब्द प्रयोग गरेपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन। प्रहरीले पूर्व डिएसपी खड्कालाई साइबर अपराध ऐन अन्तर्गगत मुद्धा चलाएको थियो।

Tags

छुटाउनु भयो कि ?