बिबिध

इँटाभट्टामा जिउँदै मान्छे जलाइएको घटनामा संलग्न हेड मिस्त्री पक्राउ

Lumbinikhabar Online

रौतहटमा इँटाभट्टामा जिउँदै मान्छेलाई जलाइएको घटनामा संलग्न रहेको आरोप लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रौतहटको राजपुर फरहदवामा भएको बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ निवासी ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको हो। सहनीलाई विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो। फरार रहँदै आएका सहनीलाई शुक्रबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले जानकारी दिए। पक्राउ परेका सहनी इँटाभट्टाका हेड मिस्त्री थिए। २०६४ सालमा राजपुर फरहदवामा गोठमा भएको बम बिस्फोटमा परी दुई जनाको मृत्यु भएको थियो। उक्त विस्फोटमा केही व्यक्तिहरु घाइते भएका थिए। घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा लगेर जलाइएको थियो।

Tags

छुटाउनु भयो कि ?