टप खबर

बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको : गृहमन्त्री रामबहादुर थापा बादल

Lumbinikhabar Online

असोज १४ – नेपालमा भएको बलात्कारका घटनामा नेपाल विश्वका सवा २०० देशहरु मध्ये धेरै पछाडी रहेको र चिन्ताजनक नभएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन्। हरेक दिनमा ६/७ जना बलात्कारको घटना हुने गरेको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री बादलले बताएका छन्। गृहमन्त्री बादलले यस्ता घटनाहरुलाई रोक्न सक्दो प्रयत्न गरिरहेको पनि बताए।
गृहमन्त्री बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारबाही गर्न ढिलाई भएको स्वीकारे र अपराधीलाई कानूनी कठघरामा ल्याउन हामी निरन्तर रुपमा लागिराखेकै छौं । हामीलाई विश्वास छ, यो प्रयासमा हामी सफल हुन्छौं ।’

Tags

छुटाउनु भयो कि ?