बिबिध

कुवेतका राजाको निधन

Lumbinikhabar Online

कुवेतका राजा सबा अल अहमद अल जाबेर अल सबाको निधन भएको छ। ९१ वर्षीय शेख सबाको अमेरिकास्थित अस्पतालमा निधन भएको कुवेत सरकारले जनाएको छ। सन् १९२९ मा जन्मेका शेख सबालाई आधुनिक कुवेतको विदेश नीतिका जन्मदाता मानिन्छ। उनी सन् १९६३ देखि २००३ सम्म करिब ४० वर्ष कुवेतका विदेशमन्त्री थिए।

त्यसपछि उनी प्रधानमन्त्री भए। सन् २००६ मा उनी कुवेतका अमिर बनेका थिए। अगस्ट २०१९ मा उनी बिरामी भएको बताइएको थियो। त्यसबेला उनी अस्पताल भर्ना भएका थिए। तर, के बिरामी भन्ने खुलाइएको थिएन। जुलाई २०२० मा उनलाई एक शल्यक्रियालगत्तै अमेरिकी सैन्य विमानमा राखेर अमेरिका पुर्‍याइएको थियो।

Tags

छुटाउनु भयो कि ?