बिबिध

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

Lumbinikhabar Online

बसले स्कुटीलाई ठक्कर दिँदा आज साँझ तीन जनाको घटनास्थलमा मृत्यु भएको छ। साँझ ५ बजे जीतपुर-सिमरा उपमहानगरपालिका-१ पूर्वपश्चिम सडकखण्डको दुधौरा पुलबाट दुई सय मिटरपूर्व सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना४ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश नं२(०३)००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार चालक निजगढ नगरपालिका-१० लाल बस्ने २६ वर्षीय तीर्थमान स्याङ्तान, निजकै श्रीमती २३ वर्षीया ज्योति र एक वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। बस चालक फरार भएको र निजको खोजतलास भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?