भारतका पूर्वकेन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ। । लामो समयदेखि बिरामी भाजपाका संस्थापक सदस्य सिंहको ८२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।सन् २००४ मा घरकै बाथरुममा लडेर गम्भीर घाइते भएका सिंह लामो समय कोमामा थिए। राजस्थान बाडमेरका जसवन्त सिंहले भारतको विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी भारतीय सेनाका मेजर पनि थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर उन निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६