नेपाली सेनाका अर्का एक जवानको कोभिड-१९ सङ्क्रमणबाट मृत्यु भएको छ। बझाङ घर भई काठमाडौं उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। निज जवानलाई यही असोज ६ गते लक्षण देखिएपछि आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार गरिएकोमा त्यही निजको मृत्यु भएको जानकारी दिइएको छ। उनको पछिल्लो स्वाश परीक्षणमा कोभिड-१९ पोजेटिभ पुष्टि भएको थियो। यो घटनासँगै कोरोनाकारणबाट मृत्यु हुने सैनिकको सङ्ख्या दुई पुगेको छ। सेनामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १९७ रहेकामा निको हुने ५३९ छन्। सेनामा हालः कोरोना सक्रिय सङ्क्रमित एक हजार ६५६ रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६